देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्हालियो सेयर बजार, साढे १४ अङ्कले बढ्यो

देशान्तर

काठमाडौं– पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजार मंगलबार भने सम्हालिएको छ । शेयर बजार मङ्गलवार दोहोरो अङ्कले बढेको हो । शेयर बजार परिसूचक नेप्से मंगलबार १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

मंगलबार माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेको दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबार सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।