नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए) ले विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्ति कार्य सुरु गरेको छ । यी तीन जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्न सूचना प्रकाशित गरि प्रकृया सुरु गरेको हो ।
स्थानिय नगरपालिका र गाउँपालिका तथा वडाहरूसंगको समन्वयमा जग्गा प्राप्ती प्रकृया अगाडि बढने भएको छ । आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि प्राविधिक सहितको टोली खटाउने तयारि भएको छ ।
धादिङ, पाल्पा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बैठक बसि जग्गा प्राप्तिको कार्य अगाडि बढाउने निर्णय समेत भएको छ । मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट जग्गा प्राप्तीको प्रकृया सुरु गरिएको हो ।
प्रतिक्रिया