तराई तथा भित्रि मधेशका अधिकांश जिल्लाहरूमा आज धूमधामका साथ होली पर्व मनाइँदै छ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराई तथा भित्रि मधेशका जिल्लामा विशेष उल्लासका साथ होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ
एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिने गरिन्छ । काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन् । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने हिजो नै धूमधामका साथ होली मनाइएको छ ।
होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीचभेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ ।
यसैविच आज तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिइएको छ । फागु पुर्णिमाका अवसर तराई मधेस र भित्री मधेसका २२ जिल्लामा आज सार्बजनिक बिदा दिइएको छ । रंगहरुको उत्सव फागु पूर्णिमा तथा होली एक अर्कामा रंग दलेर तथा मिष्ठान भोजन खाएर मनाउने चलन छ ।
उता ट्राफिक प्रहरीले होलिका दिन नियम उलङघन गरेको कसुरमा हिजो मात्रै २ हजार ५ सय ५६ सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार यसरी मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशाषन उलङघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको
ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया