देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने

देशान्तर


सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार समर्थित ९ दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठक पछि एक विज्ञप्ती जारि गर्दै दलहरुले सङ्क्रमणकालीन न्यायको विषय समाधानमा सबै लाग्नु पर्ने र त्यसको जिम्मेवार सवै पक्ष भएको वताएका छन् ।

सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गो लगाउने गरी अगाडि बढाइने सहमति भएको बैठक पछि नेपाली कांग्रेसका नेता तथा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताउनु भयो । द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लैजानु सबै राजनीतिक दल तथा सबै पक्षको दायित्व भएको लेखकले बताउनु भयो । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा विभिन्न गतिविधि बढेको भन्दै राजनीतिक दल र सरकार सजग हुनुपर्ने समझदारी समेत बनाएका छन् । सडकमा संविधान विपरीत क्रियाकलाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुन दलहरुले आग्रह समेत गरेका छन् । बैठकपछि संयुक्त विज्ञप्ति निकालेर दलहरुले कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै देशकै महत्त्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पु¥याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।