देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहाडी तथा हिमाली जिल्लाहरुमा आज रंगहरुको पर्व होली मनाइँदै

देशान्तर


रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी र हिमाली जिल्लाहरुमा आज सार्वजनिक विदासमेत दिएको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाईन्छ । त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा होली पर्व मनाईन्छ । वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक दुई दिन सम्म नेपालभर मनाउने गरिन्छ ।

होलीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् ।

यसैविच प्रहरिले मर्यादित रुपमा होलि पर्व मनाउन आग्रह गरेको छ । होलिको नाममा जथाभावि लोला हान्ने तथा रंग लगाउने कार्य नगर्न समेत प्रहरिले आग्रह गरेको छ । कहि कतै जवरजस्ती हंग लगाउने,लोला हान्ने र फोहोर पानी छ्याप्ने कार्यभर तत्काल १०० मा फोन गर्न प्रहरिले सुचना जारि गरेको छ।