काठमाडौं– सन्दीप लामिछाने आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न संयुक्त अरब इमिरेट्स यूएई प्रस्थान गरेका छन् । उनी बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।
उनले अब नेपाली टिममा श्याम ढकाल मौसमको ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो ।
क्यानका कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।
क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
प्रतिक्रिया