काठमाडौं– विराटनगर निषेधाज्ञा जारी गरिएको छ । प्रदेश १ को नाम प्रदेशसभाले टुंगो लगाउने प्रयास गरिरहँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा जारी गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नामांकनको विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको बताए ।
बुधबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ ।
प्रतिक्रिया