देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभाको बैठक स्थगित

'अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने'

देशान्तर

काठमाडौं– प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो एक बजे बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणबस सभामुखले प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको उल्लेख छ । अब राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्रै बैठक बस्ने छ ।

फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।