काठमाडौँ – समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लघुवित्तले हाल कायम चुक्तापुँजीको १३.५६२७५३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.७१३८२९ प्रतिशत नगद लाभांश गरी कुल १४.२७६५८२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया