काठमाडौं- सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर क्रिकेट खेल्न अनुमति दिएकोछ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई विदेश जान अनुमति दिएकाे हाे ।
बलात्कार अभियुक्त सन्दीप लामिछानेको विदेशा खेल्न पाउँ भनि निवेदन दिएका थिए । योसँगै आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपले युएईमा खेल्न पाउनेछन् । अब सन्दीपले विदेशमा प्रतियोगिता सकिएको १५ दिनमा नेपालमा आइ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर जानकारी गराउनु पर्नेछ ।
गत पुषमा उच्च अदालत पाटनले भने विदेश जान रोक लगाएको थियो । त्यस्तै उच्च अदालत पाटनको २० लाख धरौटीमा छाड्ने आदेशलाई सर्वोच्चले सदर गरेको छ । योसँगै सन्दीप थुनामा बस्न नपर्ने भएको छ ।भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो ।
प्रतिक्रिया