काठमाडौँ– पार्किङ हटाएको विरोधमा काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले पहिले सञ्चालन भइरहेको एकतर्फी पार्किङ हटाएपछि व्यवसायीहरु आन्दोलित भएका हुन् ।
व्यवसायीहरुले आफ्ना पसलका सटरहरु बन्द गरेर कालो ब्यानर राख्दै सडक प्रदर्शनमै उत्रेका हुन् । महानगरले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ ।
पार्किङ नभएपछि व्यवसायीहरुले सटरभाडा समेत उठाउन नसकेको भन्दै उक्त कदमको विरोध गर्दै आएका छन् । व्यवसायीहरुले महानगरसँग वार्ता गर्ने भनेता पनि महानगरले बेवास्ता गरेको भन्दै आन्दोलमा उत्रेका हुन् ।
प्रतिक्रिया