देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दरबारमार्गका व्यवसायीले एक घण्टा सटर बन्द गर्ने

देशान्तर

काठमाडौँ– दरबारमार्ग क्षेत्रका व्यवसायीहरुले सोमबार एक घण्टा सटर बन्द गर्ने भएका छन् । सडक किनारमा काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेको विरोधमा अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म (एक घण्टा) सटर बन्द गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग मिलेर १९ पुसदेखि दरबारमार्ग क्षेत्रमा पार्किङ गर्न निषेध गरेको छ । पार्किङ निषेध गरेदेखि ग्राहकको चहलपहल घटेर दरबारमार्ग सुनसान भएको र कारोबारमा पनि कमी भएको व्यवसायीहरुको गुनासो छ ।

दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेध गरिएको विरोधमा सटर बन्द गरेर काठमाडौं महानगरपालिकाको सांकेतिक विरोध जनाउन लागिएको बताए । दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न गर्दै दरबारमार्ग विकास बोर्डको अगुवाइमा त्यहाँका व्यवसायी÷व्यापारीहरुले विरोध जनाउँदै आएका छन् ।

दरबारमार्ग विकास बोर्डका अनुसार ५ लेनको दरबारमार्गमा दुईतर्फी दुई÷दुई लेन सडक छाडेर एकातर्फ एक लेनमा पार्किङ राखिँदै आएको थियो । व्यापारीहरुकै योजना अनुसार सुरुमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि पछि काठमाडौं महानगरपालिकाले सवारी धनीहरुबाट पार्किङ शुल्क उठाउँदै आएको थियो ।