देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार छः राई

देशान्तर

काठमाडौँ– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा संकट कारण र समाधान’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताए । सहकारी संकटमा आए भनेर बजारमा हल्ला भन्दा पनि बद्‌मासी गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए । मन्त्री राईले सहकारीहरुले विधि विधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए ।

३० हजार सहकारीमा १५ वटाभन्दा बढीले बदमास नगरेको उनले दाबी गरे।  सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उनले उल्लेख गरे ।

उनले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए । सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ ।