देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीपलाई सर्वोच्चले दिएन विदेश जाने अनुमति

देशान्तर

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने युएई भ्रमणमा सहभागी हुन नपाउने भएका छन् । सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले दायर गरेको अपीलमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो ।

खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ । उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।

‘दुवै निवेदनलाई आइतवार एक साथ राखेर सुनुवाइ गर्ने आदेश भएको छ,’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका नेपाली टिम शनिबार युएई जाँदैछ।उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका हुन् ।