देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिद्वारा पर्वतस्थित जलजलामा आदिबराह मन्दिर उद्घाटन

देशान्तर

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल बराह तालमा निर्माण भएको आदि बराह मन्दिरको उद्घाटन गरिएको छ ।

भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलगायत व्यक्तिहरु आएका हो ।

पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आगामी दिनमा महत्व बढेर जाने अपेक्षा गरिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

बराह तालको बीच भागमा अवस्थित बयसको रूख त्यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जल बराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छन् ।

करिब डेढकरोड रुपियाँ खर्च भएको मन्दिर पुनर्निर्माणमा रविन्द्रजंग लामिछनेले २५ लाख रुपियाँ सहयोग प्रदान गरेका छन् ।

समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल छन् ।

साथै, राष्ट्रपति भण्डारीले धार्मिक एवम् पौराणिक महत्वको क्षेत्र हम्पाल कालञ्जरको हेलिकोप्टरबाट अवलोकन गरे ।