काठमाडौं – नेपाल प्रहरीमा आईजीपीका दाबेदार मानिएका डीआईजी अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार यसबारे उनले आईजीपी धीरजप्रताप सिंहलाई जानकारी गराइसकेका छन् ।
प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा बारे औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । डीआईजी सिंह प्रहरीको भावी आईजीपीका मुख्य दाबेदारमध्ये एक थिए । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुख छन् ।
सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको थियो । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
प्रतिक्रिया