देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बैंकले पाँचवर्षे नागरिक बचतपत्र निष्कासन गर्ने

देशान्तर

काठमाडौँ–  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचत २०८४ ‘क’ निष्कासन गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै ५ वर्षे ‘नागरिक बचत २०८४’ फागुन १० गते देखि ३० गतेसम्म बिक्री खुला गर्ने र चैत ६ गते निष्कासन गर्ने जानकारी दिएको हो ।

उक्त बचतमा निष्कासन हुने रकम २ अर्ब ५० करोड रहने छ । जसको ब्याजदर ११.५० प्रतिशत रहने छ। ब्याज भुक्तानी भने ६–६ महिनामा हुने छ ।

जुन इच्छुक व्यक्तिले कम्तीमा १० हजार रुपैयाँ खरीद गर्नसक्ने छन् भने बढीमा निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न सक्ने छन् ।

जुनसुकै नेपाली नागरिकले यो बचत धितो राखी राष्ट्र बैंकबाहेक जुनसुकै बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिन र दिन सक्नेछन् ।

साथै इच्छुक खरिदकर्ताले नागरिक बचतपत्र खरिद गर्नका लागि राष्ट्र बैंकको वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन पेस गर्न सक्ने व्यवस्था रहेको छ ।