देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईसीसी लिग–२: स्कटल्यान्डको सहज जित, नेपाल भ्रमणमा नामिबिया जितविहीन

देशान्तर

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा भइरहेको त्रिदेशीय श्रृंखलामा नामिबिया जितविहीन बनेको छ । सोमबार सम्पन्न स्कटल्यान्डविरुद्धको खेलमा ४३ रनको हार व्यहोरेसँगै नेपाल भ्रमणमा नामिबिया जितविहिन बन्यो ।

श्रृंखलाको आफ्नो चौथो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको २२२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमै समेटियो ।

जारी सिरिजमा नामिबिया आफ्नै चारै खेलमा पराजित भएको छ भने स्कटल्यान्डको दाेस्राे जित हो । सिरिजको अन्तिम खेल मंगलबार नेपाल र स्कटल्यान्डबीच हुनेछ । सोमबार स्कटल्यान्डले नामिबियालाई हराएसँगै लिगको टप थ्रीको रेसमा रहेको नेपाललाई फाइदा पुगेको छ ।

लिग विजेता भइसकेको स्कटल्यान्डको भने ३५ खेलबाट ५० अंक पुगेको छ । लिगको दोस्रो स्थानमा रहेको ओमानको सबै खेलबाट ४४ अंक छ भने तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलबाट ३७ अंक छ । नामिबियाले अब २ खेल खेल्न बाँकी छ । लिगको चौथो स्थानमा रहेको अमेरिकाको सबै खेलबाट ३५ अंक छ भने पाँचौ स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक छ । उसले अझै १० खेल खेल्न बाँकी छ ।

छैटौँ नम्बरमा रहेको नेपालको २७ खेलबाट २४ अंक छ । नेपालले भोलि स्कटल्यान्डसँग एक खेल खेल्नेछ भने बाँकी ८ खेल यूएई र पपुवा न्युगिनीसँग खेल्ने छ । नेपालले अब आफ्नै सबै खेल जिते लिगमा तेस्रो हुँदै सिधै विश्वकप छनोट खेल्न पाउनेछ । टप फाइभभित्र पर्न सके नेपालको एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम रहनेछ ।