देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोल्ती पावरको आईपीओ बिक्री खुला

देशान्तर

काठमाडौँ– दोल्ती पावर कम्पनीले सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । पावरले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर बिक्री गर्ने छ । कम्पनीले स्थानीयका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने योजना बनाएको छ ।

यसमध्ये, नौमुले र कालिका गाउँपालिकाका स्थानीय वासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता सेयर बिक्री हुनेछ ।

यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ । सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।