देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

देशान्तर

काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । खासगरी, विश्वभरका केन्द्रीय बैंक र सुनमा लगानी गर्ने कम्पनीहरुले लगानी बढाउँदा मूल्य बढेको बढ्यै छ । यस्तै, कोरोना महामारीका कारणले विश्वभरका सुनखानीबाट हुने उत्पादन कटौती भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य समेत बढेको छ । तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।