राष्ट्रपति चुनावका लागि मनोनयनको मिति अब एक साता मात्रै बाँकी रहँदा पनि राष्ट्रपतिको उम्मेदवार को को हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
राष्ट्रपतिमा दाबी गरिरहेको नेपाली कांग्रेस र एमालेले पनि उम्मेदवार सार्वजनिक गरेका छैनन् भने सहमतिको उम्मेदवार को हुन्छ भन्ने पनि माओवादीले खुलाउन सकेको छैन ।
राष्ट्रपतिका लागि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्भावना सबैभन्दा बढी छ भने उनीसँग पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र मानबहादुर विश्वकर्माको चर्चा छ ।
त्यसैगरी सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेमा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपाध्यक्ष युवराज ज्ञवालीको नाम अगाडि आएको छ ।
त्यसैगरी माओवादीबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र लोसपाका अध्यक्ष महन्थ ठाकुरको नाम पनि चर्चामा ल्याइएको छ ।
प्रतिक्रिया