देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बसपार्कको घटनामा संलग्नलाई कारबाही होस्: कांग्रेस

‘काठमाडौंकै मुटुमा सुरक्षाको प्रत्याभूति छैन भने दूरदराजमा के होला ?’

देशान्तर

काठमाडौँ– नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष र शून्य समयमा बोल्ने कांग्रेस नेताहरुले गोंगबुमा भएको मोबाइल पसल लुटपाटलगायत विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

विशेष समायमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरेका छन् । नयाँ बसपार्कमा भएको घटनाले गम्भीर बनाएको भन्दै उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वयम् गृहमन्त्रालय सम्हालेका बेला यस्तो घटना घट्नु दुःखद भएको उनको भनाई छ । मजदुरको नाममा उच्छृङ्खल व्यक्तिहरूले लुटपाट मच्चाएको हुनसक्ने उनको आशंका छ ।

यस्तै, शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले बसपार्क क्षेत्रको घटना सुनियोजित र प्रायोजित भएको जिकीर गरे ।

पीडितसँग सरकारले अहिलेसम्म छलफल पनि नगरेको बरु उल्टै पक्राउ गरेको सुन्नमा आएको उनले बताए । उनले घटनाका दोषीलाई कारबाहीको माग गरे ।