काठमाडौँ– कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।टियु क्रिकेट मैदानमा मंगलबार नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।
नेपालले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक नामिबियालाई हराएको हो । नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेलले कीर्तिमानी शतकीय इनिङ खेले । कुशलले १ सय १५ रनको शतकीय इनिङ खेले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो ।
नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे । उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् । उनले १ सय ३३ रन बनाए ।
यस्तै कप्तान गेर्हार्ड इरास्मसलाई ५६ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका हुन् । उनी कुशल मल्लको बलमा आउट भएका हुन् ।
जान फ्रिलिंकलाई १३ रनमा बोल्ड आउट गरेका हुन् ।
यता नेपालका लागि करण केसीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । कुशल मल्ल, सोमपाल कामीले समान १÷१ विकेट लिए ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २५ खेलमा २० अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया