काठमाडौँ– यातायात मजदुरहरुले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी चल्न थालेका छन् । सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन् ।
सोमबार बालाजु बसपार्कमा प्रहरी र मजदुरबीच भएको झडपका क्रममा प्रहरीका गाडी आगजनी, लोत्से बहुउदेश्यीय प्रालिमा तोडफोड भएको थियो ।
त्यसपछि यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता बोलाएका थिए ।
वार्ताका क्रममा मन्त्री श्रेष्ठले व्यवसायीका मागहरु पूरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीकाअनुसार अहिले सार्वजनिक सवारी साधन सुचारु भइसकेका छन् ।
ट्राफिक जरिवाना लगायतका विषयमा दिउँसो यातायात व्यवस्था विभागमा पुनः वार्ता हुँदैछ ।
प्रतिक्रिया