देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने

देशान्तर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने छ ।

सम्भवत यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्वित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।