काठमाडौं -सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेटको आकार घटाएको छ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए।
नयाँ सरकारले भने बजेटको आकार १४ प्रतिशतले घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयामा झारेका छन्। यो सँगै अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ।
आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताएका छन्।
आईतवार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षा प्रतिनिधि सभामा पेस गर्दै यस्तो बताएका हुन्। उनले पर्यटन क्षेत्रमा केही सुधार भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने देखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा हुने देखिएको बताए।
प्रतिक्रिया