देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्चस्तरीय संयन्त्रको बैठक : सत्ता सहकार्यलाई मजबुत बनाएर जाने सहमति

देशान्तर

काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सत्ता सहकार्यलाई मजबुत बनाएर जाने सहमति भएको छ ।

आइतबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारका कामबारे पनि समीक्षा गरिएको थियो ।

बैठकपछि उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने सहमति भएको बताए ।

“अहिलेसम्म सरकारले गरेका काम–कारबाहीहरूको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे भन्ने विषयमा समीक्षाहरू भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ,” उनले भने, “यसप्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्तासाझेदार दलहरूमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन ।”