देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय विदेशसचिव क्वात्रा सोमबार नेपाल आउँदै

देशान्तर

भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपालको औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले क्वात्राको भ्रमण सार्वजनिक गरेका छन् । विदेशसचिव क्वात्रा मंगलबारै स्वदेश फर्किनेछन् । विदेशसचिवका रूपमा क्वात्रा पहिलोपटक नेपाल आउन लागेका छन् । विदेशसचिव हुनुअघि क्वात्रा नेपालमा भारतका लागि राजदूत बनेर काम गरेका थिए ।

उनी परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेको परराष्ट्रले जनाएको छ । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।

परराष्ट्रसचिव पौड्याल र क्वात्राबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुनेछ । बार्ताम कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायतका विषयमा छलफल गरिने छ विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी गर्न आउन लागेको कूटनीतिक ब्यक्तिहरुले वताएका छन् ।