काठमाडौँ– भारतीय विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा फागुन १ गते सोमबार नेपाल आउन लागेका हुन् ।
क्वात्राको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्रसचिवहरुबीच कनेक्टिभिटी, उर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने क्वात्राको भ्रमण फलदायी हुने विश्वास लिइएको छ ।
क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल लगायतका उच्च पदाधिकारीसँग भेट्ने कार्यक्रम छ । नेपालका लागि भारतको पूवराजदूत समेत रहेका क्वात्राले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने जनाएको छ ।
क्वात्रा फागुन २ गते मंगलबार स्वदेश फर्कनेछन्।
प्रतिक्रिया