काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा देउवा र अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा बिहीबार कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । सुदूरपश्चिम सरकारमा नेकपा एकीकृत समाजवादीलाई पनि समेट्ने तयारीमा कांग्रेस छ । यो विषयमा पनि भेटवार्तामा कुराकानी भएको बताइएको छ।
प्रतिक्रिया