काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।
तर मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सरकार जोगाउन आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिनैपर्ने अवस्था छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ । तर अन्तिम समयमा दिन सक्ने एमाले नेताहरुले बताएका छन् ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनी एकमहिनाअघि अन्य दलहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको एकमहिनाभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिन नसके सरकार ढल्छ।
प्रतिक्रिया