काठमाडौँ– विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
महाधिवेशनका लागि तयारी पूरा भएको नेता परियारको भनाई छ ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
यो महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व दिने र नीतिगत रूपमा स्पष्टता दिने उनले बताए ।
विवेकशील साझा पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन् । अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेबार छन् । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ ।
महाधिवेशन शनिबारसम्म चल्नेछ ।
प्रतिक्रिया