देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउन आवश्यक छः सभामुख

देशान्तर

काठमाडौँ– सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रलाई सुव्यवस्थित बनाउनसके राष्ट्र र राष्ट्रियतालाई माथि उठाउने बताएका छन् । बिहीवार सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले शारीरिक, मानसिक विकास मात्रै नभइ सहकार्यलाई पनि बढाउन सहयोग गर्ने बताए ।

उनले पहिला शारीरिक श्रमले शरीरलाई तन्दुरुस्त बनाउने गरेपनि मानिसहरु अहिले मानसिक काममा नै बढी केन्द्रित हुन पुगेकाले खेलकुदकै माध्यमबाट शरीरलाई तन्दुरुस्त राख्नुपर्ने अवस्था रहेको बताए ।

उनले सार्वजनिक संस्थानहरुले गर्ने खेल क्षेत्रका कार्यक्रमलाई तल्लो स्तरबाट नै अघि बढाउन सके खेलकुदमा युवाहरुको आकर्षण बढ्ने बताए ।

सभामुख घिमिरेले खेलकुदलाई सुव्यवस्थित बनाएर खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउँदै खेलकुदले देशमा आत्मियता र गौरव बढाउने बताए । उनले नेपालले खेलकुदमा प्रगति गरिरहेपनि पर्याप्त नभएको बताए ।