देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विप्लव नेतृत्वकाे पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने

देशान्तर

काठमाडौँ– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

प्रवक्ता विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ । जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’