देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिलाका मुद्दालाई मुखरित गर्नेछुः अर्याल

देशान्तर

काठमाडौं– राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदको गरिमा कायम राख्दै सबै सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएकी छन् । मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले महिलाका मुद्दालाई मुखरित गर्न र महिला सांसहरुलाई सहयोग गर्न पनि विशेष ध्यान दिने बताइन् ।

सहकार्यको विषयमा प्रतिनिधि सभाको उपसभामुखसँग पनि कुराकानी गरेको जानकारी उनले दिइन् । महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न पनि सहकार्य जरुरी भएको उनको भनाइ छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने उनले बताइन् ।

विभिन्न देशका महिला सांसदहरुसँग पनि सहकार्य गर्ने मन भएको भन्दै उनले तर के कति गर्न सकिन्छ अहिले भन्न नसकिने बताइन् ।