देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

देशान्तर

काठमाडौं– उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।

गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको पशु सेवा विभागले जनाएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि  विभागले जनाएको छ ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ ।