देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाको माग

देशान्तर

नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ । विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्तामा सहयोग पु¥याउन सेनाले माग गरेको हो ।

शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवरी साधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदन समेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समिक्षा वैठकमा जानकारी दिइएकोे छ ।

चीनबाट प्राप्त सवारी साधन दर्ताका सम्वन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिएपनि हालसम्म कुनै प्रगति भएको छैन । सेनामा रहेका २०५ थान सवारी साधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजि गरिरहेको छ । हालसम्म ती सवारी साधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकि थन्किएर बसेको छ ।