काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनलाई संयुक्तरूपमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतवार विज्ञप्ति जारी गरी उक्त कुराको जानकारी दिएका हुन् ।
आफ्नो कार्यकालको अन्तिमतिर रहेकी राष्ट्रपति भण्डारीले माघ २७ गते दिउँसो ३ बजे सम्बोधन गर्ने तय भएको हो ।
राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ ।
प्रतिक्रिया