काठमाडौँ– नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित श्रेष्ठ आइतबार निर्वाचन पुगेका हुन् ।
नेता श्रेष्ठले आइतबार दिउँसो नै हिमालय होटेलमा पत्रकार सम्मेलनसमेत आयोजना गर्दैछन् ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाको एक सिट खालि रहेको छ ।
तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झन्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए ।
लामिछानेको पद खारेजीसँगै दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग उनको छ ।
प्रतिक्रिया