नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आउनुभएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना हुनुभएको थियो ।
हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुनुहुन्थ्यो ।
पछिल्लो समय उहाँ नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील हुनुहुन्थ्यो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रतिक्रिया