देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डलाई राष्ट्रपतिको निर्वाचन भन्दा पर थेग्ने स्थिति देखिन्न : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भईसकेको दावी गरेका छन् । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गरे ।

ललितपुरमा मा आज बाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन र महासचिव डा.वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु गरेका छन् । नेपालद्वारा प्रस्तुत राजनीति प्रतिवेदनमा वाम–लोकतान्त्रिक गठबन्धनको बहुमत आउला भन्ने आम अपेक्षा भए पनि त्यस्तो नभएको उल्लेख छ । चुनावी नतिजा अपेक्षित नहुनुको प्रमुख कारणमा आन्तरिक कारण प्रमुख देखाइएको छ ।

समाजवादीले एक्लै निर्वाचन लडेको अवस्थामा नेपाली कांग्रेस र नेकपा एमाले १३–१३ सीटमा सीमित हुने निष्कर्ष निकालेको छ । माओवादी एक्लै चुनाव लडेको भए चार सीट मात्रै प्रतिनिधिसभामा जित्न सक्ने दाबी नेकपा एसको राजनीतिक प्रतिवेदनमा गरिएको छ ।

प्रतिवेदनमा संसदभित्र अनेक चरित्रका राजनीतिक दलहरू रहेको उल्लेख गर्दै नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको हितको प्रतिनिधित्व गर्ने पार्टी र एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी उल्लेख छ ।

माओवादी केन्द्रलाई वर्ग अडान स्पष्ट नभएको पार्टी भन्ने टिप्पणी गरेको नेकपा एसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको राजनीतिक दल भनेको छ । राप्रपा सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी भएको टिप्पणी गरेको छ ।