काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाको आधिकारिक वेभसाइट ह्याक भएको छ । शुक्रबार वेबसाइट ह्याक भएको प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले जानकारी दिए ।
वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको छ ।
उनका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन् । त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ ।
वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया