काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय सचिवालय बैठकले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रिय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रिय कमिटीमा पेस गर्ने बताए । उनले प्रतिवेदनलाई थप परिस्कृत बनाउन बैठक बसेको बताए ।
बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसदका विषयलाई पनि समेटिएको बताए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।
प्रतिक्रिया