काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलसहितको संयुक्त बैठक जारी छ । बिहीबार अपराह्नदेखि रास्वपाको केन्द्रीय कार्यालय बसुन्धरामा बैठक जारी रहेको हो ।
बैठकमा सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा छलफल हुने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका सदस्यहरु, सांसद र मन्त्रीसमेतको सहभागिता रहेको छ ।
रास्वपाले गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने रविको नागरिकता अवैध भएको भन्दै सर्वाेच्चले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्र गृह मन्त्रालयको टुङ्गो लगाउने बताउँदै आएका छन् ।
प्रतिक्रिया