काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार (रास्वपा)ले गृह मन्त्रालय पाउने बताए ।
आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मामा रहने उनको भनाइ छ ।
ओलीले यही कारण सरकार संकटमा नपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा उनले यसमा पूर्णपाठ नचाहिने बताए ।
प्रतिक्रिया