काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ । बिहीबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको संसदीय दलको बैठकले माघ २२ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले बिहीबार बिहान बसेको संसदीय दलको बैठकले दुईवटा निर्णय गरेको जानकारी बताए । जस अन्तर्गत आगामी २२ गते हुने राष्ट्रिय सभा उपाध्यक्षको मनोनयनमा उम्मेदवारी दिनुका साथै यस बारेमा अन्य दलहरुसँग परामर्श गर्ने निर्णय गरेको बताए ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी २३ गते निर्वाचन हुँदैछ । त्यसैगरी माघ २६ गते संसदीय दलको बैठक संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से भवनमा बस्ने निर्णय भएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया