काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन् । फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएराति १२ बजे काठमाडौं ओर्लिएका मोहमद कमल मोहगोबलाई सुनसहित नियन्त्रणमा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए ।
क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमदले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए ।
उनलाई पक्राउ गरि अहिले गौसाला प्रहरी वित्तमा राखिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया