परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलंका जादैँ हुनुहुन्छ । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलंकाका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो ।
श्रीलंका भ्रमणमा राजनीतिक भेटघाट र राजनीतिक महत्वका अवसरहरूमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी गर्ने वताउनु भयो ।
भ्रमणमा उहाँले समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन मन्त्री पौड्याल श्रीलंका जान लाग्नु भएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति रनिल विक्रमासिंघेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। पौड्याल माघ २५ गते काठमाडौं फर्कने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया