नेकपा माओवादी केन्द्रकोे स्थायी कमिटी बैठक आज बस्ने भएको छ । स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाड गर्ने बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठकमा सत्ता संञ्चालन, राष्ट्रपति निर्वाचन र पार्टि जिम्मेवारिको बिषयमा छलफल केन्द्रितहुने माओवादिले जनाएको छ । हिजो बोलाइएको बैठक पार्टि अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ब्यस्तता र तयारि नपुगेको भन्दै स्थगित गरिएको थियो ।
स्थगित बैठक आजवाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय बिभागहरुको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने पार्टि उपाध्यक्ष तथा प्रवत्ता कृष्णबहादुर महराले जानकारि दिनुभयो ।
प्रतिक्रिया