कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । विहान ९ बजे पछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने तयारि भएको छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुदैँ छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रले उर्मिला अर्याल र गंगा बेल्बासेलाई उमेदवार वनाउन सक्ने छ । त्यस्तै कांग्रेसले उम्मेदवारी दिने नदिने आजको बैठकले टुंगो लगाउने सचेतक लेखकले जानकारि दिनुभयो ।
प्रतिक्रिया